भरतपुरमा तनाव, मध्यरातमा माओवादी प्रतिनिधिले मतपत्र च्याते

१५ जेठ । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्याते पछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएर, अहिले मतगणना रोकिएको छ ।

मत गणनास्थलमा एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइ मतगणना अन्तिम चरणमा पुगेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

तस्वीर: बोमलाल गिरी

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |