चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो सार्वजनिक

गौरीगन्ज | चलचित्र ‘२ रुपैयाँ’को ‘कुटुमा कुटु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रको लोकलयमा आधारित गीतमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आशिफ शाहले नृत्य गरेका छन् ।

दर्शकले पहिलो पटक निश्चल र स्वस्तिमालाई पर्दामा देख्न पाएका हुन् । ए जी टु वान प्रोडक्शन र ब्लाक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

यस चलचित्रमा निश्चल र आसिफको मुख्य भूमिका छ । राजनराज सिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा राजन इशान र मेलिना राईले स्वर दिएका छन् । यो गीतको भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् । >

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |