मन्त्री गगन थापालाई कपनबाट स्थानीयले लखेटे (भिडियो सहित)

काठमाडौं, ३० वैशाख– निर्वाचन आचारसँहिताको गम्भीर उल्लंघन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले शनिबार विहान कपन जोरधारामा मत माग्दै हिँडेपछि स्थानीय जनताले लखेटेका छन् ।

मन्त्री थापा झण्डावाल गाडी चढेर बुढानीलकण्ठ नगरपालिकाको कपन जोरधारामा विहान करिब साढे ८ बजे कांग्रेसका स्थानीय कार्यकर्तासहित पैसा पनि बाँडिरहेको दाबी स्थानीयले गरेका छन् ।

मौन अवधिमा मत माग्न नपाईने आचारसँहिताको व्यबस्था विपरित मन्त्री थापा भेटिएपछि स्थानीय जनताले घेर्दा उनी गाडी चढेर भागेका थिए । भाग्नेक्रममा उनको गाडीले सुकेधारामा बा ७५ त ३१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाईकल अहिले प्रहरीको नियन्त्रणमा छ र घाइतेलाई ओम अस्पताल लगिएको बताइएको छ ।

भिडियो हेर्नुहोस ।

साभार: चक्रपथ डटकम

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |