गौरीगञ्ज खानेपानीमा फेरी रडाको । कर्मचारीले चोकमा तमासा देखाए, पदाधिकारीले सुचना लुकाए ।

मदन राजवँशी मनप्रीत, ३० बैशाख झापा । गौरीगँज खानेपानी सँस्थामा महसुल दरलाइ लिएत फेरी रडाको मच्चिएको छ । महसुल उठाउन हिडेका सँस्थाका कर्मचारी र उपभोक्ताहरु बीच न्युनतम् महसुल दरलाइ लिएर बिबाद हुदा यो कुरा बाहिरिएको हो । शुल्क निर्धारणमा चित्त नबुझेपछि स्थानिय उपभोक्ताहरुले गुनासो गर्दा सँस्थाका कर्मचारी नारायण अधिकारीले बीच चोक मै आम उपभोक्ताहरुलाइ गाली गलैज गर्दै सँस्थाको खाता पाता स्थानिय चिया पसलको टेबलमा बारम्बार बजारेर तमासा देखाएका छन् ।

खानेपानी समितीको बैठकले २०७१ असोज १२ गते गरेको निर्णय अनुसार न्युनतम १० युनिटको रु १५० र थप खपत युनिटको प्रति युनिट रु १५ का दरले महसुल उठाउने निर्णय गरेको थियो । तर हिसाब गर्दा न्युनतम १० युनिटको पनि १५० का दरले प्रति युनिट रु १५ कै दरले पर्न जाने हुनाले न्युनतम् युनिटको कुनै अर्थ नै रहदैन । स्थानिय टँक कार्कि भन्छन् - "न्युनतम् महसुल भनेर उपभोक्तालाइ मुर्ख बनाउन खोजिएको हो" ।

शुल्क बारे बुझ्न खानेपानी सँस्था पुगेका खबर गौरीगँजका प्रतिनिधिले महसुल निर्धारण सँवन्धि बैठकको निर्णयको प्रतिलिपि माग गर्दा सँस्थाका पदाधिकारी बिश्वराज रिजाल र रुकन दासले सुचना लुकाएका छन् । उनिहरुले बैठकको निर्णय को प्रतिलिपि अरुलाइ दिन नमिल्ने भन्दै आफ्नो बचाउ गरेका छन् । सँस्थाको कर्मचारीले सार्बजनिक स्थानमा उपभोक्तालाइ गालि गलैज गर्दै खातापाता बजार्न मिल्छ कि मिल्दैन भन्ने प्रश्नमा रिजालले - "उपभोक्ताले जोरी खोजे कर्मचारीले के हेरेर बस्छ " भन्ने गैर जिम्मेबार पुर्ण जबाफ दिए ।

नेपालको सँबिधान २०७२ को भाग ३ को धारा २७ मा र सुचनाको हक सँवन्धि ऐन २०६४ को दफा ३ मा कुनैपनि सार्वजनिक सँस्थाको कुनैपनि सुचना आम नागरिकले पाउनु पर्ने हकको ग्यारेन्टी गरिएको छ । तर नेपालको सँबिधान र ऐन कानुनहरुको खिल्लि उडाउदै सार्वजनिक सँस्थाको सुचना लुकाएर सँस्थाका पदाधिकारी द्वय रिजाल र दासले आफुलाइ कानुन भन्दा पनि ठुलो बनाउने कोसिस गरेका छन् । रिजाल नेपाली काँग्रेसका तर्फ बाट गौरीगँज गाउपालिकाका मेयरका लागि प्रस्ताबित उम्मेद्वार समेत हुन ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |