सरकार द्वारा अग्निपिडितलाइ सहयोग

२९ बैशाख गौरीगँज । खजुरगाछी कञ्चिराका अग्निपिडित परिवारहरुलाइ नेपाल सरकारले राहत बितरण गरेको छ । सरकारका तर्फबाट इलाका प्रसासन कार्यालय गौरीगँजका प्रसासन अधिकृत यज्ञ आचार्यले सुरक्षा निकायका प्रतिनिधिहरुको रोहवरमा राहत बितरण गरेका हुन ।

अग्निपिडित राजेश सरदार, बिन्दु सरदार परसदिया सरदार सन्तोष सरदार लगायतले जनहि नगद रु छ हजार का दरले राहत पाएका छन् । गत चैत २७ गते आगलागि हुदा कञ्चिराका छ परिवारको घर जलेर नष्ट भएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |