यि हुन आफ्नै छात्रालाइ यौन दुराचार गर्ने शिक्षक ढुङ्गेल

२५ बैशाख झापा । सामान्यतया शिक्षक भन्ने बितिक्कै हाम्रो शिर सम्मानले झुक्छ । एउटा नैतिकवान नागरिक उत्पादन गर्न शिक्षक को ठुलो भुमिका रहन्छ । तर झापाको कन्काइ नगरपालिका घैलाडुब्बा स्थित आदर्श बिद्या मन्दिर उच्च माबि का अँग्रेजी बिषय शिक्षक भोला ढुङ्गेलको कर्तुत सुन्ने बितिकै जो कोहिको शिर पनि लाजले निहुरिन्छ । यिनि कलिला बालबालिका हरुलाइ उचित शिक्षा दिनुको साटो ६ देखि ८ कक्षा पढ्ने कलिला छात्राहरुको सँवेदनशील अँगहरु छुने अँगालो मार्ने जस्ता घृणित र अश्लिल हर्कत गर्ने गरेका छन् ।

चार बर्ष अघि इलामबाट सरुवा मिलाएर घैलाडुब्बा को आदर्श बिद्या मन्दिरमा आएका शिक्षक ढुङ्गेल बिगत तिन वर्षदेखि बिद्यालयका ६ देखि ८ कक्षा सम्मका दर्जन बढि बालिकाहरुलाइ आफ्नो बिषयमा फेल गराइदिने धम्की दिदै यौन शोषण गर्दै आएका थिए ।

गत २२ गते शुक्रबार कक्षा ६ कि एक बालिकाले असह्य भएर रोएपछी उनको कर्तुत सार्वजनिक भएको हो । घटना सार्वजनिक भएसँगै अन्य पिडित बालिका हरुले पनि मुख खोलेका छन् । ४ बर्ष अघि सरुवा मिलाएर घैलाडुब्बा आएका ढुङ्गेल घैलाडुब्बा कै साबिकको वडा नँ ८ मा घर बनाएर बसेका छन् । ४२ बर्षिय यि दुराचारी शिक्षक बिवाहित हुन । यिनका १० र १२ बर्षका एक छोरा र एक छोरी छन् । घटना सार्वजनिक भए लगतै ढुङ्गेल आफ्नो मोवाइल अफ गरेर फरार भएका छन् । एमाले निकट शिक्षक सँगठनमा आबद्ध ढुङ्गेल ठुलै राजनैतिक सँरक्षण मा लुकेको कुरा बुझिएको छ । आईतबार देखि स्थानिय अभिभावकहरुले ढुङ्गेल बिरुद्ध बिद्यालयमा तालाबन्दि गरेर आन्दोलनमा उत्रिएपछी बिब्यस, शिक्षक अभिभावक सँघ, र गाउलेहरु बिच भएको छलफलले ढुङ्गेललाइ शिक्षक पेशाबाट निलम्वनको माग र कडा कानुनि कारवाहिको माग राखि जिल्ला शिक्षा कार्यालय र प्रहरि कार्यालयमा उजुरी दर्ता गराएको छ ।

ढुङ्गेल को राजनैतिक पहुच भएकै कारण स्थानिय मिडियाहरु समेतयस घटनामा मौन देखिएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |