हावा हुरिले २ सय घरमा क्षती , ४ सय बिघा धान बाली नष्ट ।
मदन राजवँशी मनप्रीत, २ जेठ झापा । हिजो आएको हावा हुरी र असिनाले महाभारा कोरोवारी र बैगुन्धुरा मा २०० वटा घरमा क्षती पुर्याएको र करिव ४ सय बिघा धान खेति मा क्षती भएको कुरा झापा ६ का साँसद दीपक कार्किले बताएका छन् । आज साँसद कार्कि लगायतको टोलिले घटना स्थल अनुगमन गरि क्षती को बिबरण सार्वजनिक गरेका हुन ।
अनुगमन पछि झापाका प्रमुख जिल्ला अधिकारी, कृषि प्रमुख, जिल्लाका सुरक्षा निकायका प्रमुख तथा रेडक्रस का प्रतिनिधि को रोहवरमा क्षती र राहतका बारेमा छलफल समेत चलाएका छन् ।त्यसै गरि हावा हुरि बाट बिधुतिय पोलहरु समेत ढलेर बिधुत आपुर्ति बन्द भएको र सुचारु गर्न अझ २-३ दिन लाग्ने जानकारी प्राधिकरणका दमक शाखाले दिएका छन् ।



