मतदाता शिक्षा कार्यक्रम शुरु

पुजन न्यौपाने कुँवर । जेठ ५ झापा । जेठ ३१ गते हुन गइरहेको स्थानिय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगको कार्यालय झापाले आजदेखि मतदाता शिक्षा कार्यक्र‌म शुरु गरेको छ । स्थानिय तहको चुनाबमा धेरै मतहरु बदर नहोस भन्ने उद्देश्यका साथ शुरु गरिएको यो कार्यक्रम जेठ २६ गते सम्म चल्ने छ । यस कार्यक्रम अन्तर्गत मतदाता शिक्षा स्वयम् सेविका हरुले मतदाताहरुको घर घरै गएर कसरी भोट हाल्ने भनि सिकाउने छन् ।

जेठ २८ , २९ र ३० गते मतदान केन्द्रहरु बाट मतदाता परिचय पत्र बितरण गरिने कुरा निर्वाचन आयोगले जनाएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |