ज्ञानोदयका बिद्यार्थीले निर्वाचन प्रकृया द्वारा छाने प्रतिनिधी
५ जेठ झापा । गौरीगँज स्थित ज्ञानोदय बोर्डीङ् स्कुल ले जुनियर रेडक्रस सर्कल का पदाधिकारी छान्न बिद्यार्थीहरु बीच मतदान गराएको छ । मतदान प्रकृयामा कक्षा ३ देखि १० सम्मका बिद्यार्थीहरुलाइ सहभागि गराइएको छ । अध्यक्ष उपाध्यक्ष्, सचिब, सहसचिब, कोषाध्यक्ष दुइ खुला सदस्य र दुइ महिला सदस्य गरि जम्मा ९ पदका लागि २८ जना उम्मेद्वार बीच प्रतिस्पर्धा भएको थियो भने कक्षा ७ देखि १० सम्मका बिद्यार्थीलाइ मात्र उम्मेद्वार बनाइएको थियो ।
"कक्षा ८ को सामाजिक शिक्षा बिषयको निर्वाचन प्रकृया पाठको ब्यवहारीक ज्ञान दिन र बिद्यार्थीहरुलाइ लोकतान्त्रीक पद्दतिको ज्ञान दिन हामीले यो प्रकृया अपनाएका हौ"- बिद्यालयका प्रिन्सिपल दिपेन्द्र थापाले भने - " यसबाट बिद्यार्थीहरु प्राजातान्त्रीक पद्दतिको अभ्यास हुन्छ ।"
सो मतदानमा उम्मेद्वारी दर्ता देखि लिएर आचार सँहिता, लगायत निर्वाचनका लागि आवश्यक सँपुर्ण प्रकृया अपनाइएको थियो । "हामीले निर्वाचनका लागि चाहिने सबै प्रकृया को ब्यवहारिक ज्ञान दिन खोजेका हौ । यसबाट बिद्यार्थीहरु आफ्ना प्रतिनिधि छान्न सचेत हुनेछन्"- सह भाइस प्रिन्सिपल तथा निर्वाचन अधिकृत हरि श्रेष्ठले बताए ।
निर्वाचन प्रकृयाबाट प्रतिनिधि छान्न पाउदा बिद्यार्थिहरु पनि खुशि भएका छन् । मतदान गरिसकेपछि कक्षा दस का छात्र अनिल प्रधानले मतदान गर्न पाउदा आफु एकदमै खुशि भएको प्रतिकृया दिए । उपाध्यक्ष कि उम्मेद्वार तथा कक्षा १० कि छात्रा सुधा न्यौपानेले पनि यस प्रकृया बाट आफु एकदमै उत्साहित भएको प्रतिकृया दिइन् । अर्कि सदस्य पद कि उम्मेद्वार दिक्षा घिमिरेले यसबाट चुनाब सँवन्धि सबै व्यवहारिक ज्ञान पाएको कुरा बताइन ।
१२ बजे शुरु भएको मतदान १ बजे सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएपछी मत पेटीका सिलबन्दी गरि मुचुल्का समेत गठाइएको छ । भोलि मत गणना गरि सोमबार सबै निर्वाचित पदाधिकारीलाइ प्रमाणपत्र बितरण गरिने कुरा बिद्यालयले जनाएको छ ।



