नयाँ शक्ति पार्ट्री नेपाल द्वारा सिटि रिक्सा प्रदर्शन
बिराटनगर, २६ जेष्ठ । नयाँ शक्ति पार्ट्री बिराट्नगरले प्रदेश १ उत्प्रेरक पुर्बमन्त्री देबि प्रसाद ओझाको प्रमुख उपस्थितीमा बिराट्नगरमा बृहद सिटि रिक्सा प्रदर्शनी आयोजना गरेको छ । जिल्ला पार्ट्री कार्यलय आयल निगमबाट सुरु भयेको सिटि रिक्सा एबम मोटर साइकल र्याली ठूलो मिल, तिनपैनि, गुदृ, ट्राफिक चोक,रोड्सेस चोक, मलया रोड हुँदै रानी भन्सार हुदै जनआन्दोलन चोकमा आएर समापन भएको छ।
विशेषगरि मजदुरहरुको उल्लेख्य उपस्थिती रहेको सो कार्यक्रममा अब श्रम र पुजिको सन्योजनको बिधिबाट आर्थिक क्रान्ती सम्पन्न हुने नया शक्ति सिटि रिक्सा मजदुर सङठनका नेता राकेश धमलाले बताएका थिए ।
कार्यक्रम शक्ति मोरङ सन्योजक खेम प्रधान, नगर सन्योजक नबराज दाहाल, भरत दाहाल, राधिका पन्थी, मन्जिला शर्मा, बिमला अर्याल किशन भगत लगायतको उपस्थिती थियो ।
नेपालको ईतिहासमा राणा, पन्चायत, राजतन्त्र, एकात्मक राज्य प्रणाली बिरुद्धको आन्दोलनको मुख्य भुमिका खेलेको बिराट्नगरले अब आर्थिक बिकास र समृद्धीको पनि नेतृत्व गर्ने नया शक्ति पार्ट्री का केन्दृय सदस्य एबम प्रदेश १ कार्यलयका सचिब पशुपती नेपालले जानकारी दिए ।



