चलचित्र "चपली हाइट २" युटुबमा सार्वजनिक

कुमार राई, गौरीगन्ज | चलचित्र "चपली हाइट" को सिक्वेल चलचित्र "चपली हाइट २" हाईलाईट नेपालले आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

यस चलचित्रमा आयुष्मान डिएस श्रेष्ठ, परमिता आरएल राणा र मरिष्का पोखरेलको मुख्य भूमिका छ । आयुष्मान र परमिताले यही चलचित्रबाट चलचित्रनगरीमा प्रवेश गरेका हुन् । आयुष्मान संगीत र मोडलिङमा सक्रिय छन् भने परमिता र मरिष्का पनि मोडलिङमै सक्रिय छन् । नायिका मरिष्काको भने ‘के म तिम्रो होइन र’ पछि यो दोश्रो चलचित्र हो ।

यस चलचित्रमा निर्देशक खनालले कथा बुनेका हुन भने पटकथा र संवाद सान बस्न्यातले लेखेका छन् । यसका निर्माता भने अर्जुन कुमार हुन् । चलचित्रमा छायांकन र संगीत अर्जुन कुमार कै रहेको छ भने यसमा स्वर धर्मेन्द्र सेवन र सन्तोष लामाले दिएका छन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |