जब वडाध्यक्षका उम्मेद्वारले नै सडक अतिक्रमन गरे

मदन राजवँशी मनप्रीत, २५ जेठ गौरीगँज । गौरीगँज चोक बाट गाउपालीका जाने सडक गौरीगँजको मुख्य सडक हो । गौरीगँज चोक बाट ३० पईला दक्षिण लागे पछी सडकको पश्चिम पट्टी आधा सडक नै छेकिने गरी काठका मुढा थुपारीएको देख्न सकिन्छ । आधा सडक छेकीने गरी वषौ देखी थुपारीएका सो सामग्रीहरु ले मुल सडकनै साविकको स्थान भन्दा पुर्व सरेको छ ।

गौरीगँजको यो मुख्य सडक आधा छेकीने गरी थुपारिएका यि काठका मुढा कुनै साधारण आम जनताको भने होईन । यि मुढाहरु नेपाली काँग्रेस भित्र राम्रै राजनैतिक पहुच भएका एक स्थानीय व्यापारी मखना महतो (गैदार)को हो । यिनी नेपाली काँग्रेस का तर्फवाट गौरीगँज वडा नँ ३ को वडाध्यक्षका उम्मेद्वार समेत हुन् । पार्टी भित्र राम्रै राजनितिक पहुच भएका कारण यिनी पार्टीले सिफारिस गरेका वडाध्यक्ष उम्मेद्वार हरुका नाम हटाइ आफै उम्मेद्वार बन्न सफल भएका हुन ।

स्थानीय स्वायत्त साशन ऐन २०५५ को परिच्छेद १० को उपधारा (घ) मा स्थागीय निकायको इजाजत विना कसैले सार्वजनिक बाटो वा स्थान घेर्ने वा रोक्ने, आवत जावतमा अवरोध खडा गर्ने, काम गरेमा घेरा, वार र अवरोधका सामान हटाउन लगाइ १५ हजार रुपैया सम्म जरिवाना गर्न सक्ने सजायको व्यवस्था गरिएको छ । त्यसैगरी सोहि उपधाराको तल स्थानीय निकायको सार्वजनिक सम्पती कसैले हानि नोकसानि गरेमा वा अतिक्रमण वा अपचलन गरेमा वा सार्वजनिक सँरचना बिगारेमा प्रचलित कानुनले सजाय तोकेमा सोहि बामोजिम र नतोकेमा स्थानिय निकायले १५ हजार रुपैया सम्म जरिवाना गारि त्यस्तो हानि नोकसानिको बिगो सम्वन्धित व्यक्ती सित वसुल उपर गरि साविक अवस्थामा तयार गर्न लगाउन सक्ने व्यहोरा उल्लेखित छ ।

तर महतोले गौरीगँज कै केन्द्र गाउपालिका कार्यालय जाने सडक वर्षौ देखी अतिक्रमण गरिरहदा सबै सँवन्धीत निकायहरु मौन देखिएका छन् । यो सडकलाइ खाली र फराकिलो बनाउन न त कसैले चासो देखाएका छन् न त कसैले पहल नै गरेको देखिन्छ ।

गौरीगँज गाउपालिकाका कार्यकारि अधिकृत सुरेन्द्र थापामगर भन्छन् – सार्वजनिक स्थान अतिक्रमण गर्नेलाइ स्वायत्त साशन ऐनमै कानुनि रुप मै सजायको ब्यवस्था छ । हामि एक पटक वहालाइ वाटो खाली गर्न आग्रह गर्छौ । अटेर गरेमा कानुनि प्रकृया अपनाउछौ ।

महतो गौरीगँज वजार व्यवस्थापन समितीका अध्यक्ष समेत हुन् । गत साल चोक देखि गौरीया पुल सम्मको वाटो हिलाम्मे हुदा गाविस वाट वजेट निकासा गरि सो सडक, ज्ञानकुञ्ज जाने सडक र समसान घाट जाने सडकको नाला खन्ने काम अधुरो छोडेका थिए । जसले गर्दा थुप्रै स्कुले वालवालिका लडेर घाइते समेत भएका थिए । अन्तत: केहि सिप नचले पछी गाउले हरुले आफै रकम उठाएर नाला व्यवस्थित गर्नु परेको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |