गौरीगँजकी सवै भन्दा कान्छी उम्मेद्वार सुशिला
मदन राजवँशी मनप्रीत । २९ जेठ झापा । गौरीगँज- २ कोरोवारीकी सुशिला ताजपुरिया उमेरले भरखर २४ पुगिन् । सामान्यतया यो उमेरका हरकोहि अचेल घुम्न डुल्न र फेसवुक ट्विटर जस्ता सामाजिक सँजालमा आफ्ना अमुल्य समय खर्चि रहेका हुन्छन् । तर यस्तो रहर लाग्दो उमेरका यिनी अहिले छाला डढाउने जेठको तातो घाममा गौरीगँजको टोलटोलमा भोट माग्दै हिडि रहेकि छिन् ।
त्यसो त नेपाली राजनितिमा ४० कटेका हरुलाइ युवा नेताको सुचिमा राख्ने गरिन्छ । तर २५ कै उमेरमा यि आदिवासी युवतीले आफ्नो काधमा उपाध्यक्षको उम्मेद्वारीको जिम्मेवारी उठाउने आँट गरेकि छिन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फवाट गौरीगँज गाँउपालिकाको उपाध्यक्षको उम्मेद्वार वनेकि ताजपुरिया यहाको स्थानीय राजनितिमा भने नया अनुहार हुन् । यिनी स्थानिय राजनितिमा नया भएपनि यहाका पुराना राजनैतिक अनुहार हरु – काँग्रेसका दिपेन्द्र थापा, एमालेकि मनिका राइ, माओवादिकि कल्पना राइ लोकतान्त्रिक फोरमका श्रवण गिरीलाइ चुनावी मैदानमा टक्कर दिदैछिन् ।
श्री त्रिभुवन मावी पाचगाछीबाट प्रथम श्रेणीमा एस एल सी उतिर्ण गरेकि यिनी सुझबुझ भएकि शिक्षित उम्मेद्वार हुन् । ८ वर्ष अघि कोरोवारीका श्रीप्रसाद ताजपुरियासँग विवाह गरी गौरीगँज भित्रिदा साविकको कोरोवारी (हाल गौरीगँज – २) को अविकास र यहाका आदिवासी महिलाहरुको अवस्थाले यिनलाइ निकै चिन्तित बनायो । "त्यहि बेला देखि यो ठाउको लागि केहि गर्नु पर्छ भन्ने मनमा अठोट लिएकि थिएँ" खबर गौरीगँज सुग कुरा गर्दै यिनले भनिन् –"तब देखिनै मनमा राजनितिक प्याँस जागेको थियो" अहिले यिनी आफु जितेमा पुरै गौरीगँज गाउँपालिकाको बिकासको जिम्मेवारी आफ्नो काधमा लिने हिम्मात गरेकि छिन् ।
गत बैशाखमा सम्पन्न काठमान्डौ महानगरपालिकाको चुनाबमा नेपाली राजनितिमै नया अनुहारकि २१ वर्षिया रञ्जु दर्शनाले २३ हजार मत ल्याएर पुराना दल र हेभिवेट का उम्मेद्वारलाइ ठुलो झट्का दिएकि थिइन् । असार १४ मा हुने गौरीगँजको स्थानिय तहको निर्वाचनमा यिनीपनि यहाका पुराना दल र हेभिवेटेड उम्मेद्वार हरुका लागि ठुलो चुनौती र टाउको दुखाइ को विषय बन्ने देखिन्छ ।



