मदिरा नियन्त्रणमा गौरीगँज प्रहरी
२९ जेठ झापा । असार १४ गतेको स्थानीय तहको निर्वाचनलाइ मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय गौरीगँजले मदिरा नियन्त्रण कार्यलाइ तिब्र पारेका छन् । चुनावको मुखमा हुने हिन्सात्मक गतिबिधिलाइ रोक्न कार्यालयले यस्तो कदम चालेका हुन् । कार्यालयवाट खटिएको टोलिले सोमवार खजुरगाछी देवीगँज क्षेत्रबाट ८० लिटर घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेका छन् ।
प्रहरी निरिक्षक नारायण गौतमका अनुसार चुनावको बेला हुन सक्ने असुरक्षा लाइ मध्यनजर गरि राति ९ वजे पछि मदिरा विक्री वितरणमा समेत निषेध गरिएको छ । उनि भन्छन्- हामि यसका लागि ठाउ ठाउमा सुचना समेत टासिसकेका छौ । आवश्यक परेमा अझ कडा कदम चाल्न सक्छौ ।
यस सँगै प्रहरीले अवैध हातहतियार हरु समेत प्रहरीलाइ बुझाउन अनुरोध गरेको छ । - फाइल तस्विर



