चुनावी आचार सँहिता : काँग्रेसले दुइ दिनमै तोड्यो सहमती
मदन राजवँशी मनप्रीत, ३१ जेठ गौरीगँज । नेपाली काँग्रेस गौरीगँजका उम्मेद्वारहरुले निर्वाचन आचार सँहिता उलँघन गरि आफैले गरेको सहमती तोडेका छन् । आज गौरीगँज चोकमा आयोजित चुनावी सभामा चुनाव चिन्ह अँकित टिसर्ट र टोपि लगाएका दर्जनौ कार्यकर्ता भेला गरेर काँग्रेसले आचार सँहिता उलँघन गरेका हुन् । गत २९ गते इलाका प्रसाशन कार्यालयमा वसेको काँग्रेस सहितको सर्वदलिय वैठकले निर्वाचन आयोगको निर्देशनको पालना गर्दै चुनाव चिन्ह अँकित टिसर्ट र टोपि वितरण र प्रयोग नगर्ने सहमती गरेका थिए । सो सहमति पत्रमा काँग्रेसका तर्फवाट प्रमुखका उम्मेद्वार फुलवती राजवँशी र वडा उम्मेद्वार मखना महतोले हस्ताक्षर गरेका थिए । सो सहमती गरेको ३ दिन नवित्दै गौरीगँज काँग्रेसले आफैले गरेको सहमती तोडेका छन् ।
आज वुधवार गौरीगँज हटिया कै दिन गौरीगँज चोकको मुख्य वाटो कव्जा गरेर चुनावीसभा गरि हजारौ जनतालाइ सास्ती समेत दिएका छन् ।दक्षिणी गौरीगँजलाइ वजार सँग जोड्ने मुख्य सडकको आधा भाग काँग्रेसकै ३ नँवर वडाका उमेदवार मखना महतोले कव्जा गरि राखेका छन् भने आधा सडक आज काँग्रेस को मञ्चले कव्जा गरेको थियो । आज वुधवारे हटियाको दिन मुख्य सडकनै कव्जा गरेर कार्यक्रम गर्दा हटिया भर्न आउने हजारौ उपभोक्ताले आवत जावतमा समस्या झेल्नु परेको थियो ।



