मनोनयनको दिन सबै भन्दा भद्र र शालिन देखियो राप्रपा

मदन राजवँशी मनप्रीत, ४ जेठ झापा । एक हप्ता अघि इलाका प्रसाशन कार्यालयमा सर्व दलिय वैठक वसेको थियो जुन वैठकले एउटा लिखित सहमति नै गरेका थिए- जेठ २९ गते देखि चुनाब चिन्ह अँकित टिसर्टर टोपी आआफ्ना कार्यकर्तालाइ लाउन नदिने । तर त्यसको एक हप्ता वित्न नपाउदै आज उम्मेदवारी मनोनयन दर्ताका दिन राप्रपा वाहेक सवै दलले आफैले गरेको सो सहमतीलाइ लत्याएका छन् । आफैले गरेको सहमाति यसरि लत्याएर उद्दण्ड चरित्र देखाउनेमा सवै भन्दा अगाडी एमाले र काँग्रेस देखियो । यि दुइ दलले चुनाब चिन्ह अँकित टिसर्ट र टोपी लगाएका सयौ कारयकर्ता आज निर्वाचन कार्यालयको छेउछाउ तैनाथ गरेका थिए । फोरम लोकतान्त्रिक र माओवादि केन्द्रले पनि चुनाव चिन्ह अँकित टिसर्ट सहितका सयौ कार्यकर्ता मैदानमा उतारेका देखिए तर यि दुइ दल एमाले र काँग्रेस भन्दा तामझाममा अलिक शालिन नै देखिन्थे ।

तर तामझाममा विश्वास गर्ने यि पुराना परम्परालाइ तोड्दै आज मनोनयन दर्ताको दिन राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेद्वार र कार्याकर्ता आज निकै भद्र र शालिन देखिए । झण्डा सहितको राप्रापाको जुलुसमा फाट्टफुट्ट मात्र चुनाव चिन्ह अँकित टिसर्ट लगाएका कार्याकर्ता देखिन्थे । तिनीहरु न त होहल्ला गरे न त तामझाम नै देखाए । निर्वाचन आयोगले दिएको निश्चित समयमै विहान १० वजे आएर उम्मेद्वारी दर्ता गराएर राप्रापाले अर्को अनुसाशित काम गारे । अन्य कुनै दल तोकिएको समयमा उंमेदवारी दर्ता गर्न आएनन् ।

विहान १० वजे रोप्रपाले उम्मेद्वारी दर्ता गरेर ११ वजे वाहिरिसक्दा पनि अरु कुनै दलको आउने मेलोमेसो देखिएन । दलवल र तामझामका साथ १ वजे पछि वल्ल निर्वाचन आयोगमा झुल्केका माओवादी, काँग्रेस, एमाले र फोरमले निर्वाचन आयोगलाइ एकै पटक भिडभाड बनाएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |