आयुष्मानले प्रियंकालाई अवार्ड पाउँदा ओठमा चुम्बन गरेपछि..
गौरीगन्ज | यसवर्ष उत्कृष्ट नवअभिनेताको अवार्ड ‘चपली हाइट २’ बाट आयुष्मान देशराज श्रेष्ठ जोशीले जिते । पछिल्लो समय प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाका लागि अवार्ड समारोह मिडियाको ध्यान तान्ने राम्रै खुराक बनिदियो । आमासँगै अवार्ड समारोहमा आएकी प्रियंकासँगै आयुष्मान पनि भाई आशिरमान र आमा रविनासँगै एकै पंक्तिमा बसेका थिए ।
नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन हुन बित्तिकै आयुष्मान–प्रियंकाको जोडीले खुलेर माया दर्शाए । अवार्ड पाएपछि उनले स्टेजबाटै नायिका कार्कीलाई आफ्नो प्रेमिकाको रुपमा परिचित गराएका थिए । त्यसपछि अवार्ड लिएर आएका आयुष्मानले अंकमाल गर्न आएकी प्रियंकालाई जुरुक्कै उचालेर ओंठमा चुम्न भ्याए । सार्वजनिकरुपमा पहिलो पटक यी दुइले आफूहरुको प्रेम स्विकार गरेका हुन् ।
भिडियो हेर्नुहोस ।



