गौरीगँज गाउपालिकामा भयो १७७ जनाको उम्मेद्वारी दर्ता
मदन राजवँशी मनप्रीत, ४ जेठ झापा । असार १४ गते हुन गइरहेको स्थानीय तहको चुनावको लागि गौरीगँज गापामा १७७ जनाको उम्मेदवारी दर्ता भएको छ । विहान ९ वजे स्वतन्त्र उम्मेदवार काँग्रेस गिरीको दर्तावाट शुरु भएको उम्मेदवारी दर्ता साँझ ७ वजे सम्म चलेको थियो । उम्मेदवारीको अन्तीम दर्ता फोरम लोकतान्त्रीकका ३ नँ वडाध्यक्ष गँगा राजवँशीले गराएका थिए ।
निर्वाचन आयोगको कार्यालयले दिएको जानकारी अनुसार गापा प्रमुखका लागि ५ जना र उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी वडा नँ १ मा ५ जना वडाध्यक्ष ९ जना खुला सदस्य ५ जना महिला र ५ जना दलित महिला सदस्यको उम्मेदवारी परेको छ । वडा नँ २ मा ६ जना वडाध्यक्ष १५ जना खुला सदस्य, ५ जना महिला र ६ जना दलित महिलाको उम्मेदवारी परेको छ । त्यसैगरी वडा नँ ३ मा वडाध्यक्ष ७, खुला सदस्य ११, महिला सदस्य ५ र दलित महिला सदस्य ६ वडा नँ ४ ।मा वडाध्यक्ष ८ ।खुला सदस्य १०, महिला सदस्य ५ र दम सदस्य ४ वडा नँ ५ मा वडाध्यक्ष ६, खुला सदस्य १०, महिला स ५ र दम स ५ तथा वडा नँ ६ मा वडाध्यक्ष ७, खुला सदस्य ११, महिला सदस्य ५ र दलित महिला सदस्य ५ जनाको उम्मेदवारी परेको छ । आजको मनोनयन दर्ता प्रकृया शान्त वातावरणमै समापन भएको कुरा निर्वाचन अधिकृत भिमराज तिवारीले वताएका छन् ।



