गौरीगँजका एक्ला पहिचानवादी उम्मेद्वार
मदन राजवँशी मनप्रीत, ११ असार झापा । उम्मेद्वार मनोनयनका दिन निर्वाचन आयोगको कार्यालय गौरीगँजमा एकाएक देखा पारेर चर्चामा आएका सँघिय समाजवादी फोरम का बद्री यादव पहिचान वादी दल मध्ये गौरीगँज कै एक्ला म्मेद्वार हुन । त्यसो त उनि गौरीगँज गापाका प्रमुखका उम्मेद्वार हुन। तर यिनको चुनाबी प्रचार प्रसारमा न त कुनै तामझाम छ न त कार्यकर्ताको लावालस्कर नै । यिनी कि त पैदल कि त साइकलमा एक्लै भोट माग्दै हिडि रहेका भेटिन्छन् ।
उनि भन्छन्- चुनाव को उम्मेद्बारी अब धनि हरुका लागि मात्रा हो ।
त्यसो त यिनको उम्मेद्वारी प्रतिस्पर्धामा उत्रनका लागि होइन तर यिनी अहिले हारे पनि पार्टिको अस्तित्व जोगाउन लागि परेका छन् ।
यिनी कसैलाई म यो गर्छु, त्यो गर्छु भनेर झुटो सपना बाँड्दै हिडेका छैनन् । जनताले भोट दिएर जिताए जनताकै चाहाना अनुरुपका बिकास योजना हरु लिएर अघि बढ्ने कुरा बताउछन् ।
यिनको चुनाव चिन्ह मसाल हो ।



