चुनावको मुखैमा कसले गर्यो गेउरिया पुलमा राजनिति ?
मदन राजवँशी मनप्रीत | हिजो शनिवार खजुरगाछी हटियाको दिन गेउरिया पुल वारी र पारी अनौठो कुरा देखियो । दिउसो हटिया भर्न आउनेहरुको चहलपहलले सडक ब्यस्त हुदै जादा गेउरिया पुल वारी र पारिको साँघुरो सडकको विचमा केहि ट्रिपर हरुले ढुँगा रोडा र बालुवा सडक नै अवरुद्ध हुने गरि छर्दै गएको देखियो ।
छेउछाउका मानिस हरुले पुलको ठेकेदार ले वाटो ठिक गर्न माटो हालेको होला र केहि वेरमा रोलर ले बाटो सम्याएर जान्छ भन्ने ठाने । तर साँझ सम्म पनि बाटो साम्याउन न त कुनै रोलर आयो न त कुनै डोजर नै । बरु दिउसो हटियाको समयमा पुल पश्चिमको खण्डमा सो रोडा ढुँगाले सडक छेकिए पछि एउटा स्कुटी बाटो तल झर्यो भने राप्रपाको चुनावी प्रचारमा रहेको भ्यान दुर्घटना हुन बाट मुस्किलले जोगियो । त्यति मात्र हैन पुल को दुबै तिर बिच सडकमा थुपारिएका ढुँगा बालुवा ले हटिया भर्न आउने सबैले सास्ती बेहोरे । न त त्यहा साइकल कुदाउन सहज भयो न त पैदल हिड्न नै सजिलो भयो । आइतबार बिहान सम्म ९ बजे सम्म पनि कुनै ठेकेदार बाटो सम्याउन नआएपछि कस्ले बाटोमा ढुँगा थुपार्यो भनि खोजि गर्न थाले । केहि मानिस को मुख बाट एमालेका उम्मेदवार श्याम ढकालले हाल्न लगाएको भन्ने सुनियो । तर खबर गौरिगँजले ढकाल सँग फोन सँपर्क गरि सोध्दा यस बारे आफु अनभिज्ञ रहेको र चुनावको बेला आफुलाइ बदनाम गर्ने उदेश्यले कसैले हल्ला फैलाएको हुन सक्ने कुरा बताए । सडक विभागमा आज सार्वजनिक विदा भएका कारण फोन नै उठेन । अन्तत: खबर गौरिगँजले गौरिगँज गापाका कार्यकारी अधिकृत सुरेन्द्र थापा मगर लाइ सम्पर्क गर्यो । अधिकृत थापामगरले पनि आफु अहिले चुनाब मा खटिएका ले यसबारे अनभिज्ञ रहेको कुरा बताए । गौरिगँज वडा नँ ३ का वडा सचिब बिरेन्द्र खड्काले समेत यो ढुँगा बालुवा कसले हाल्न लायो भन्ने कुरा आफुलाइ थाहा नभएको जानकारि दिए पछि स्यागियमा झन अन्यौल बढेको छ । एक स्थानियले कुनै राजकुमार थापा भन्ने ले हाल्न लगाएको कुरा बताए तर त्यो मान्छे को हो वन्ने पत्ता लागेन । अन्तत: केहि सिप नलागे पछि राप्रपा का उम्मेद्वार बाबुराजा श्रेष्ठले आफ्ना ट्याक्टर र कार्यकर्ता परिचालन गरि बाटो सम्याउन र खुलाउन लागि परेका छन् । तर यो चुनाबको मुखमा गेउरियाको पुलमा कसले राजनिती गर्यो भन्ने कुरा अन्यौल मै छ ।



