वडा नँ ३ बाट कमिसन तन्त्र र भ्रष्टाचार निमिट्यान्न पार्ने काफ्लेको घोषणा

ठेकिटोल सम्वाददाता, १० असार झापा । गौरीगँज वडा नँ ३ मा माओबादि केन्द्रका तर्फबाट उठेका वडाध्यक्षका उम्मेद्वार नीलहरि काफ्लेले आफुले चुनाव जिते वडा नँ ३ बाट कमिसनतन्त्र र भ्रष्टाचारलाइ सखाप पारिदिने घोषणा गरेका छन् । घरदैलो कार्यक्रम का सिलसिलामा खबर गौरीगँजसँग बोल्दै उनले सो प्रतिवद्धता जनाएका हुन् ।

'म कुनै झुठो सपना बाँड्दिन, जनताले जीताएमा जनताको चाहाना र आवश्यक्ता अनुसारको योजना बनाइ बिकासका कामहरु अघि बढाउने छु'- उनले भने । पछिल्लो समयमा जनलहर आफ्नो पक्षमा आएको दावि गर्दै उनले आफ्नो जीत पनि सुनिश्चित रहेको समेत दावि गरेका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |