निर्वाचन स्वयम् सेविकाको भत्ता रु १८ सय वीचैमा गायब
१२ असार झापा । खबर गौरीगँजमा हिजो निर्वाचन आयोगले गर्यो लापर्वाहि शिर्षकको समाचार प्रकाशित भएपछि निर्वाचन शिक्षा कार्यकर्ताले पाउने भत्ता सँवन्धि बिबाद झन चुलिएको छ । ३ दिन मतदाता परिचयपत्र बितरण गरे वापत र मतदानको दिन समेत खटे वापत निर्वाचन शिक्षा कार्यकर्ता हरुलाइ निर्वाचन आयोगले जनहि रु ३१ सय दिने जानकारि दिएको थियो । तर अहिले स्थानिय मतदान अधिकृतहरुले उनिहरुलाइ जनहि १३ सयका दरले मात्र दिने भएपछि बिवाद आएको हो ।
यस बारे खबर गौरीगँजले जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकृत गोपाल आचार्यलाइ फोन सँपर्क गरि सोध्दा उनिहरुका लागि जनहि रु ३१ सय कै दरले भत्ता रकम पठाएको जानकारी दिए । उनले भने- "मतदाता शिक्षा कार्यकर्ताहरुले परिचय पत्र बितरण गरे वापत ३ दिनको रु १३ सय र मतदानको दिन खटे वापत को १८ सय का दरले जम्मा रु ३१ सय भत्ता पाउने हो।"
एक जना मतदान अधिकृत बिरेन्द्र खड्काले आफुहरुलाइ आयोगले स्वयम् सेविकाहरुका लागि जनहि रु १३ सयका दरले मात्र भर्पाइ बनाएर पठाएकाले आफुहरु सोहि अनुसार भत्ता बितरण गरेको जानकारी दिए ।
एक पिडित स्वयम् सेविका पुजन न्यौपानेले आफुहरुसँग आयोगले ३१ सयको सँझौता गरेर अहिले मतदान अधिकृतहरु रु १३ सय मात्र दिदा आफुहरु मारमा करेको बताएका छन् । अधिकृतहरुले आफुहरुलाइ खाजा सामेत खान नदिएको समेत गुनासो गरेका छन् ।



