गौरीगँज बजार ब्यवस्थापनको रु ४ लाख किन फ्रिज भयो ?

मदन राजवँशी मनप्रीत, १२ असार, झापा । गौरीगँज बजार ब्यवस्थापन समितीको नाममा सहरि बिकास कार्यालयबाट आएको रु ४ लाख बजेट कामै नगरि फ्रिज भएको छ । गौरीगँज बजारलाइ ब्यवस्थित गर्न गत असोज मै आएको सो रकमको ९ महिना बिति सक्दा समेत ब्वस्थापन समितीले कुनै चासो नलिए पछि फिर्ता गएको कुरा सहरी बिकास तथा भवन निर्माण बिभाग डिभिजन कार्यालय इलामले खबर गौरीगँज लाइ बताए ।

असोज मै बजेट आएपनि बजार ब्यवस्थापन समितीले कुनै चासो नलिए पछि स्थानि ब्यवस्थापन समितीका अध्यक्ष मखना महतो लाइ धेरै पल्ट घच्घच्याएका थिए । बजेट फिर्ता जाने पक्का पक्की भएपछि अन्तिम अबस्थामा बजार ब्यवस्थापन समितीका अध्यक्ष महतो ले बजेट आएको ६ महिना पछि चैत १ गते समितीको बैठक डाकेर पुस्पराज रिजालको सँयोजकत्वमा उपभोक्ता समिती गठन गराएका थिए र त्यसको ४ दिन पछि चैत ५ गते सो उपभोक्ता समितीले गेरीगँज बजारको साबिकको ६ नँ वडाको त्रिमुर्ती चोक देखि बजार पश्चिम हुदै अतिथी सदनको कल्भर्ट सम्मको सडक ग्राभेल गर्ने निर्णय गरेका थिए । तर यति निर्णय भइ सक्दा समेत अध्यक्ष महतोले बजेट निकासाको लागि कुनै पहल नगरेको गुनासो उपभोक्ता समितीका सँयोजक रिजालको छ ।

अन्तत: २०६४ जेठ २१ गतेको मितीमा गौरीगँज गाउपालिकाले शहरी बिकास भवन निर्माण डिभिजन कार्यालयका नाम मा सामझौता गराइ पाउ भनि सिफारिस पत्र काटेर उपभोक्ता समितीलाइ ईलाम पठाएको थियो तर त्यसको २ दिन अघि नै जेठ १९ गते बजेट फ्रिज भइसकेको थियो ।

कामै नगरी बजेट फ्रिज भए पाछि अध्यक्ष मखना महतो ले आफुखुसि रकम चलाउन नपाएकाले जानिजानि बजेट फ्रिज गराएको आरोप लागाएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |