झापाको विरिङ पुलमा फेरी बम फेला पर्यो
झापा, असार १२ | झापामा एक पछि अर्को गर्दे विर्तामोड केन्द्रित बम भेटिन थालेको छ। विर्तामोड ६ स्थित देवी मावि मतदान केन्द्र नजिक र माओवादी केन्द्रकी उपमेयर लक्ष्मी न्यौपानेको घर नजिकै बम डिस्पोज गरेको ४ घन्टा बित्न नपाउदै कन्काई नगरको ७ नम्वर वडा स्थित विरिङ पुलमै पुनः बम फेला परेको समाचार सेतो पाटीमा प्रकाशित छ ।
विरिङ पुलमा संकास्पद वस्तु देखिएपछि पूर्व-पश्चिम राजमार्गको लक्ष्मीपुर-दुर्गापुर सडक खण्डमा सुरक्षाको कारण यातायातका साधनलाई आवत जावतमा स्थानीय प्रसासनले रोक लगाएको छ। सो क्षेत्रमा नेपाल प्रहरी, शसस्त्र प्रहरीले सुरक्षा दिएका छन् भने नेपाली सेनाको वम डिस्पोजल टोलीले उक्त संकास्पद बस्तु निकृय गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
लगातार झापाका विभिन्न स्थानमा फेला परेका संकास्पद बस्तुले सर्वसाधारणमा आतंक फेलिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



