युवा लक्षित एजेण्डा लिएर अघि बढ्दै श्रवण गिरी
मदन राजवँशी मनप्रीत, गौरीगँज गाउपालिकामा फोरम लोकतान्त्रीकने त्यसो त गापा प्रमुखका लागि उम्मेद्वारी दिएन तर पार्टीको तर्फबाट गौरीगँजका युवा श्रवण गिरीले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । सम्भवत: उनि एक युवा भएकै कारण यिनले चुनावी प्रतिवद्धता पत्रमा प्राय युवा लक्षित बिकासका एजेण्डाहरु अघि सारेका छन् ।
नमस्कार चुनाब चिन्ह लिएर चुनाबी मैदानमा ओर्लिएका गिरी उपाध्यक्ष पदमा आफु निर्वाचीत भएपछि बेरोजगार युवाहरुका लागि रोजगारीको अवसरहरु सिर्जना गर्नु आफ्नो पहिलो लक्ष्य रहेको कुरा खबर गौरीगँजलाइ बताएका छन् ।
रोजगारी सिर्जना गर्न कम्तीमा पनि दस वर्षसम्म स्थानिय करमा छुट दिइ वहुराष्ट्रिय कम्पनीहरुलाइ यस क्षेत्रमा उध्योग धन्दा सँचालन गर्न प्रोत्साहन गर्ने र स्जरोजगार बन्न चाहने युवाहरुका लागि वर्षेनी कम्तीमा ५० जना जेरोजगार लइ आवश्यक सिप प्रशिक्षण र परामर्श सहित विना ब्याज ऋणको ब्यवस्या गर्ने कुरा बताएका छन् । यस प्रकारका ऋणका लागी आर्थिक श्रोत जुटाउन स्थानिय श्रोत र साधनहरु परिचालन गरिने र आवश्यक परे केन्द्रबाट थप बजेटको पहल गर्ने बताएका छन् ।
किस्नी पुर्व कम्तीमा १० बिघा जग्गालाइ अधिग्रहण गरि सामुदायिक उध्यान तथा पिकनिक स्पट बनाउने, र युवाहरुको शारिरिक तथा मानसिक विकासका लागि गाउपालिका भित्र कम्तीमा एउटा ब्यवस्थित खेल मैदान र एउटउ कवर्ड हलको निर्माण गरिने समेत उनको लक्ष्य रहेको छ ।
युवाहरुका लागि मात्रा हैन उनिसँग किसान हरुका लागि पनि गतिलै योजना हरु छन् । किसानहरुलाइ चाहिने कृषि सामग्रिहरुको खरिदमा अनुदान र ऋण दिने, उनिहरुका कृषि उत्पादनहरु बजारीकरण गर्न ठाउठाउमा कृषि उत्पागन खरिद तथा सँकलन केन्द्र स्थापना गर्ने अनि किसानका उत्पादगहरु लाइ लामो समयसम्म टिकाइ राख्न शित भण्डारण केन्द्र (कोल्ड स्टोर) को निर्माण गर्ने जस्ता महत्वाकाँक्षी योजनाहरु अघि सारेका छन् । यसका साथै सदक पुल र अन्य भौतिक सँरचनाहरुको निर्माण लाइ समेत यिनले आफ्नो चुनावी एजेण्डा वनाएका छन् ।



