किसानका समस्या हरु मेरो पहिलो जिम्मेवारी- फुलवती राजवँशी
८ असार झापा । नेपाली काँग्रेसका तर्फवाट गौरीगँज गाउपालिका प्रमुख को उम्मेद्वारी पाएकि फुलवती राजवँशीले आफु निर्वाचित भएमा गौरीगँजका किसानहरुको सामास्याहरु लाइ पहिलो प्राथमिकतामा राखेर समाधान खोज्ने बताएकि छन् । खवर गौरीगँजको लोकप्रिय कार्यक्रम सिधा कुरामा बोल्दै उनले सो कुरा बताएकि हुन् ।
दर्शक हरुका प्रश्न हरुको जवाफ दिदै उनले वेरोजगार समस्यालाइ पनि गम्भिरताका साथ लिएको कुरा बताइन् । वजार क्षेत्र भन्दा बढि समस्या ग्रामिण भेगमा रहेको र त्यस्का लागि ग्रामिण भेगका सडक, पुल हरु लाइ पहिले ब्यवस्थित गर्ने अफ्नो लक्ष्य रहेको सामेत बताएकि छन् ।
उम्मेद्वारीको विषयलाइ लिएर पार्टी भित्र निकै असन्तुष्टी रहेको छ नि ? भन्ने प्रश्नको जवाफ दिदै उनले काँग्रेस निकै ठुलो पारिवार जस्तो भएको र ठुलो परिवारमा ससाना असन्तुष्टी सामान्य कुरा भएको बताएकि छन् ।
प्रस्तुत छ वहासँग गरिएको कुराकानिको भिडियो रेकर्ड -



