अख्तियारले फरार महत र ढकालबारे सूचना दिनेलाई पुरस्कार दिने

काठमाडौं, ८ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन कर फस्र्योट आयोगका २ पदाधिकारीलाई पक्रन सार्वजनिक सूचना जारी गरेको छ । अख्तियारले बिहीवार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेर आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्रन सहयोग गर्न सार्वजनिक सूचना जारी गरेको हो ।

आयोगका अर्का सदस्य आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा भने हाल अख्तियारको थुनामा छन् ।

उनिहरु तीन जना सम्मिलित कर फस्र्योट आयोगमार्फत राजश्व छुट दिएर राज्यलाई २१ अर्ब रुपैयाँ नोक्सान पुयाएको भन्दै त्यसमाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

आयोगमा एक सदस्य शर्मामाथि अख्तियारले छानविन गरिरहे पनि राजश्व हिनामिनासँग जोडिएका महत र ढकालमाथि पनि थप अनुसन्धानका लागि अख्तियारले सूचना जारी गरेको थियो । तर, उनिहरु दुवै जना सम्पर्कमा नआएपछि अख्तियारले सार्वजनिक सूचना नै जारी गरेको हो ।

‘निजहरुलाई देख्ने वा फेला पार्ने जोसुकैले यस आयोगको हटलाईन १०७ वा नजिकको प्रहरी मुद्दाको अनुसन्धान कार्यमा सहयोग पुयाउन हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा अख्तियारले भनेको छ ।

उनिहरुका बारेमा सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था समेत गरिएकोअख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको ३५ क अनुसार पक्राउका लागि सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको आयोेगले जनाएको छ ।

स्रोत : लोकन्तर

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |