साहरुख खान र अनुष्का शर्माको जोडी तेश्रो पटक पुरागमन
गौरीगन्ज | बलिउडमा नायक साहरुख खान र नायिका अनुष्का शर्माको जोडी तेश्रो पटक चलचित्र ‘जब ह्यारी मेट सेजल’मा पर्दामा देखिदैछ ।
यस चलचित्रको ‘राधा’ बोलको पहिलो गीत युटुबमा सार्वजनिक भएको छ । सार्वजनिक भएको छोटो समयमा नै ७० लाख भन्दा बढी पटक हेरिएको यस गीतमा साहरुख र अनुष्काको गजबको केमेष्ट्री देखिएको छ । इम्तियाज अलीले रोमान्टिक कमेडी चलचित्रको निर्देशन गरेका हुन् र अगष्ट ४ बाट यस चलचित्रको प्रदर्शन मिती तय गरेको छ ।
भिडियो हेर्नुहोस ।



