काँग्रेस द्वारा पैसा वाडेर मत किन्ने प्रयास

इन्द्र सिँह राजवँशी ८ असार. झापा | स्थानीय तहको निर्वाचनको लागि नेपाली कांगे्रसले मत किन्ने प्रयास गरेको छ । झापाको कचनकवल गाउपालिकाको वडा नं ३ मा बुधवार राति कांगे्रसका उम्मेद्वारहरुले पैसा दिएर मत किन्ने प्रयास गरेका हुन्। वडा नं ३ का वडाध्यक्षका उम्मेद्वार पुष्पलाल राजबंशी र स्थानीय शिक्षक भूमिलाल राजबंशीले मतदाता खिराचन माझी र हिना माझीलाई ५ सयका दरले रकम दिएर मत किन्न खोजेका थिए ।उनीहरुले होहल्ला गरेपछि राजबंशीद्वय पैसा छोडेर भागेको जनाईएको छ । पार्टीको पर्चाभित्र ५ सयका दुईवटा नोट दिदा आफूहरुले लिन ठाडै अस्वीकार गरेपछि उनीहरु भागेको माझीले बताए ।घटनापछि आईपुगेको प्रहरीलाई मुचुल्का तयार गर्न अस्वीकार गरेको उनले गुनासो गरे ।झापाको ३ नम्बर क्षेत्रमा कांग्रेसले विगतको निर्वाचनमा पनि मत किन्न धेरै रकम खर्च गरेको बताईएको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |