बल्ल सडक खालि गरे यि उम्मेद्वारले

९ असार झापा । खबर गौरिगँज अनलाइन पत्रिकामा समाचार छापिए लगतै निकै आलोचना भएपछि गौरीगँज गापा वडा नँ ३ का वडाध्यक्ष उम्मेद्वार मखना महतो ले बल्ल सडक खालि गरेका छन् ।

यिनले बर्षौ देखि आफ्नै घर अगाडि गौरीगँज चोक देखि गाउपालिका कार्यालय जाने आधा सडक लाइ कब्जा गरि आफ्ना ब्यापारि प्रयोजनका काठे मुढाहरु थुपारेर राखेका थिए । जसले गर्दा बजारकै यो मुख्य सडक साँघुरो भएर यात्रु आवागमनमा बाधा पुगिरहेको थियो ।

तत्कालिन गौरिगँज गाबिसमा जनप्रतिनिधि नभएको बेला गाबिसले सडक खालि गराउन बिगत ३ बर्ष देखि पत्राचार गरिरहे पनि यिनले टेरपुच्छर नलगाएको कुरा गाबिसकै एक कर्मचारिले नाम नछाप्ने सर्तमा बताए । केहि दिन अघि खबर गौरीगँज अनलाइनमा यिनले सडक अतिक्रमण गरेको खबर छापिए पछि यिनलाइ सडक खालि गर्न चौतर्फी दवाब परेको थियो ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |