यसरि बन्दैछ गौरीगँजमा प्रमुख र उपप्रमुख बस्ने कक्ष
मदन राजवँशी मनप्रीत, ९ असार झापा । गौरीगँज गाउपालिकाको केन्द्र गापा कार्यालयमा ठाउ साँघुरो भएर कोठा अभाव हुन थाले पछि तल्ला थप्ने काम तिब्र रुपमा भइरहेको छ । तल्लो तल्लामा कर्मचारी हरुको कार्यकक्ष ले भरिभराउ भएपछि नवनिर्वाचित हुने प्रमुख र उपप्रमुख हरुको कार्यकक्ष निर्माणका लागि तल्ला थपिइरहेको कुरा गापाका कार्यकारी अधिकृत सुरेन्द्र थापामगर बताउछन् ।
दमक स्थित सम्वन्ध कन्स्ट्रक्सन ले रु २० लाखको सम्झौतामा निर्माण गरिरहेको माथ्लो तल्लामा जम्मा २ वटा कोठा बनाइदै छ । जसमध्ये एउटामा प्रमुख र अर्कोमा उपप्रमुख ले आफ्ना कार्यकक्ष सँचालन गर्नेछन् ।
असार १४ गते हुन गइरहेको निर्वाचनको परिणाम आउनु अगाडि नै निर्माण कार्य सकिने गरि काम अगाडि बढाइहेको कुरा गापा अधिकृत थापामगरले बताए ।



