३ नम्वरलाई नमुना वडा बनाउने मेरो सपना - गँगा राजबँशी

११ असार झापा । फोरम लोकतान्त्रिक का तर्फबाट गौरीगँज गापा वडा नँ ३ मा वडाध्यक्ष का लागि उम्मेद्वारी दिएका गँगा राजबँशीले ३ नँवर वडालाइ गौरीगँजकै नमुना वडा बनाउने आफ्नो सपना रहेको कुरा बताएका छन् । प्रचार प्रसारको अन्तिम घडिमा खबर गौरीगँज सँग कुरा गर्दै उनले आफु ३ नँ वडामा वडाध्यक्ष पदमा निर्वाचित भए जनताकै सहभागितामा जनताको आवश्यक्ता अनुसारका बिकास योजनाहरु ल्याउने र सेवाग्राहि जनता हरुलाइ स्थानिय तहका सबै कार्यालय हरुबाट द्रुत सेवा दिने प्रबन्ध मिलाउने कुरा बताएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |