निर्वाचन कार्यालयले गर्यो लापर्वाहि, सयौ निर्वाचन शिक्षा कार्यकर्ता मारमा
महाभारा सम्वाददाता , ११ असार झापा । जिल्ला निर्वाचन कार्यालयले उचित निर्देशन नदिएपछि ३ महिना अघिदेखि घरदैलोमा गइ सर्चसाधारणलाइ मतदान गर्न सिकाउने मतदाता शिक्षा कार्यकर्ता र निर्वाचन शिक्षा कार्यकर्ता मारमा परेका छन् । ३ महिना अघिदेखि को घरदैलो पछि आजै बाट मतदाता परिचय पत्र बितरण र मतदानका दिन स्वयम् सेवकका रुपमा समेत खटाए वापत उनिहरुलाइ आयोगले जनहि रु ३१०० का दरले भत्ता दिने जानकारि दिएका थिए तर स्थानिय मतदान ऊधिकृत हरुले यस बारे आफुहरुलाइ जानकारी नभएको बताएका छन् । उनिहरुले स्वयम् सेवक हरुका लागि आज देखि मतदानको दिन सम्म ३ दिनका खटाए वापत जनहि रु १३०० मात्र दिने निर्णय गरेका छन् । अधिकृत हरुले कतिपय ठाउमा निर्वाचन शिक्षा र मतदाता शिक्षा कार्यकर्ता लाइ गालीगलैज र वेवास्ता समेत गरिएको जानकारी प्राप्त भएको छ । कुनै ठाउमा स्वयम् सेवकलाइ खाजा र खाना खुवाएको र कुनै ठाउमा स्वयम् सेवकलाइ कुनै पानि सुविधा नदिइ काम बाट हटाएको समेत पाइएको छ ।



