ब्यस्त सडक छेकेर शक्ती देखाउने कुनै पनि दल जनताको पक्षमा काम गर्न सक्दैन ।

मदन राजवँशी मनप्रीत, ११ असार झापा । चुनावी प्रचार प्रसारको अन्तिम अवस्थामा माओवादी केन्द्र गौरीगँजले आफ्नो जनबिरोधि चरित्र देखाएका छन् । गौरीगँज चोक देखि पुर्व गौमाबि अगाडि को आधा सडक छेकिने गारि चुनाबी सभाको स्टेज बनाएर माओबादीले जनबिरोधि तमासा देखाएका हुन् । त्यति मात्र हैन चुनाब चिन्ह अँकित भएका प्रतिबन्धित टिसर्ट लगाएका सयौ कार्यकर्ता मैदानमा उतारेर यिनले चुनावी आचार सँहिता समेत उलँघन गरेका छन् । जुलुसमा वालवालिकाको समेत प्रयोग गरेर निकृष्टताको नमुना समेत वनेका छन्.

यो सडकमा खानेपानीको पाइप फुटेर त्यसै पनि आधा सडक हिलाम्मे छ । बाकि आधा सडकमा माओबादि केन्द्रले स्टेज बनाएपछि सर्वसाधारण लाइ सडकमा हिडडुल गर्न समस्या भएको थियो ।

त्यसो त गौरीगँजमा सभा सम्मेलन गर्ने खुला चौर हरु प्रसस्तै छन् । अतिथी सदनको चौर, नेपाल बैक पछाडिको चौर र बुधबारे हटियाको खुला मैदान सभा सम्मेलन गर्नलाइ उपयुक्त ठाउ हरु हुन् तर शक्तीको दम्भ त्याग्न नसकेका माओबादी लगायतका केहि दल हरु अचेल जनताका ब्यस्त सडकहरु अबरोध गरेर दादागिरी देखाउन थालेका छन् ।

सडक सबैको साझा हो । यो साझा सम्पतीलाइ कब्जा गरेर आफ्नो राजनैतिक स्वार्थका लागि सभा सम्मेलन वा अबरोध गर्ने अधिकार कुनै दल लाइ छैन । नेपाल को नया सँबिधानले ग्यारेन्टी गरेको हरेक ब्यक्तीको स्वतन्त्रता पुर्वक हिडडुल गर्न पाउने अधिकार लाइ बाटो कब्जा गरेर यदि कुनै दल ले हनन् गर्छ भने त्यो जनताको हित गर्ने पार्टी हुदै होइन । त्यो जनता बिरोधि तत्व हो र त्यो समाजकै दुसित तत्ज हो ।

केहि दिन अघि काँग्रेस ले गौरीगँज चोक दक्षिणको सडक कब्जा गरेर कार्यक्रम गरेको थियो भने मौन अवधि शुरु हुनै लाग्दा त्यहि तुज्जुक माओवादीले देखाएको छ । चुनाब अगाडी नै जनताको सडक कब्जा गरी जनता लाइ सास्ती दिने यि दल र यि दल का प्रतिनिधिले चुनाब जिती सके पछि जनताको पक्षमा काम गर्ला ? हाम्रो पिर मार्का बुझ्ला ? या हाम्रो दुखमा साथ देला ??? एक पटक सोच्नै पर्ने बेला आएको छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |