गौरीगँज गाउपालिकाको स्थानीय तहको मत गणना सुरु, माओवादी केन्द्रको सुरुवाती अग्रता
कुमार राई, गौरीगँज | गौरीगँज गाउपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।
गाउपालिका प्रमुखको उम्मेदवार बनेका माओवादी केन्द्रका बिद्यानन्द राजबँशीको पक्षमा १ सय ८२ मत परेको छ । यसैगरी नेपाली कांग्रेसकी फुलवती राजवँशीको १ सय २४ मत छ भने एमालेका श्याम ढकाल १ सय २१ मत ल्याएर तेस्रो स्थानमा छन ।
उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार दिपेन्द्र थापा र एमालेकी उम्मेदवार मनिका राईको मत बराबर खसेको छ । दुबैले अहिले सम्म १ सय ३० मत पाएका छन भनेमाओवादी केन्द्रका उम्मेदवार कल्पना राई १ सय २४ मतका साथ तेस्रो स्थानमा छिन ।



