विराटनगरकाे ७ मतदान केन्द्रमा रातकाे ८ बजेसम्म मतदान हुने

सुमन तिम्सिना, बिराटनगर, असार १४ | विराटनगर महानगरपालिकाका ७ वटा मतदान स्थलमा मतदान सकिन राति ८ बज्ने भएको छ । ६ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो । पुसेट, शिक्षा सदन मतदान केन्द्र र कञ्चनबारीसहित ९ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो ।

जिल्ला निर्वाचन कार्यालयले ६ हजार भन्दा धेरै मतदाता रहेका मतदान स्थललाई धेरै मतदाता भएको मानेको छ । विराटनगरमा यस्ता मतदान स्थल सात वटा छन् । बिहान थोरै मतदाता मात्रै गए पनि दिउँसो लाइनमा बस्ने मतदाताको संख्या धेरै भएकाले राति ८ बजेसम्मै मतदान हुने भएको हो । श्रोत: अवार बिराटनगर

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |