रमेश वुढाथोकी सिपोरा गुरुङको मायाजालमा

गौरीगन्ज | चलचित्र “भूइँमान्छे” को ट्रेलर पछि, एउटा रोमान्टिक गीत "जीन्दगी एउटा गीत हो" बोलको रिलिज गरिएको छ । उक्त म्युजिक भिडियोमा चलचित्रका मुख्य कलाकार रमेश वुढाथोकी र नायिका सिपोरा गुरुङको प्रेमभाव देखाइएको छ ।

यस गीतमा प्रमोद खरेलको स्वर, अर्जुन पोखरेलको संगीत र दयाराम पाण्डेको शब्द रहेको छ बहने म्युजिक भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र विदुर पाण्डेको छायांकन छ ।

नेपाली चलचित्रमा यस्तो कथामा पहिलो पटक चलचित्र निर्माण भएको हो । चलचित्रले “लास चिर्ने” एक व्यक्तिको कथा समेटिएको छ । दैनिक लास चिर्ने मान्छेको जीवन, समाजले हेर्ने दृष्टिकोण र उसको मनोविज्ञानलाई चलचित्रमा समेटिएको छ । एक्लै वस्दै आएकी एउटी युवती, किन एक्लै वस्दै आएकी हो त ? उनीहरुको जीवनमा कस्ता उतारचडाव आइ पर्छन भन्ने कुराको वरीपरी चलचित्र घुमेको छ । चलचित्रमा सिपोरालाई एक्सन अवतारमा देखाइएको छ ।

यस चलचित्रमा रमेश वुढाथोकी, सिपोरा गुरुङ, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई नवराज वुढाथोकीले निर्देशन गरेका हुन् ।

चलचित्रमा निरुपा निरौला र लक्ष्मी थापाको लगानी छ भने रोहिणी भट्टराई यसका कार्यकारी निर्माता हुन् ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |