वडाध्यक्षकै अगाडी मतदाताको हात खुट्टा भाँचेपछि
२६ असार झापा । गौरीगँज गाउपालिका को वडा नँ ६ का नव निर्वाचित वडाध्यक्ष बद्रीनारायण यादव कै अगाडी दुई जना दाजु भाई वीच झडप हुदा वडाध्यक्ष मुक दर्शक वनेर वसेको अचम्मको घटना सार्वजनिक भएको छ ।
घटना असार २१ गते वुधवार रातीको हो । मतगणनाको अन्तिम परिणाम आउनै लाग्दा वडा नँ ६ मा नेपाली काँग्रेस जित्ने र माओवादी केन्द्र हार्ने लगभग निश्चित भईसके पछी जितहार कै कुरालाई लिएर देवीगँजका जोगिन्दर यादव र अरुण यादवको झगडा भएको थियो । जोगिन्दर काँग्रेस समर्थक हुन् भने अरुण माओवादी समर्थक हुन् । तर यि दुवै एउटै पेटवाट जन्मेका दाजु भाई पनि हुन् ।
भोलि पल्ट विहान मतगणनाको अन्तिम नतिजा घोषणा भईसके पछी यि दाजुभाईको झगडा मिलाउन नव निर्वाचित वडाध्यक्ष बद्रीनारायण यादवको रोहवरमा छलफल चलाईएको थियो । यसै क्रममा विवाद वढ्दै गएपछी काँग्रेस समर्थक दाजु जोगिन्दर लगायतले माओवादी समर्थक भाई अरुणलाई मरणासन्न हुने गरि कुटेका थिए । तर अचम्म के भने वडाध्यक्ष बद्री यादवले झगडा छुटाउनु वा प्रहरीलाइ वोलाउनुको साटो रमिते वनेर वसिदिएका थिए । कुटपिटका कारण भाई अरुणको देव्रे हात र देव्रे खुट्टा भाँचिएको छ । " तपाईकै आखा अगाडि कुटपिट भई रहदा तपाईले किन मुक दर्शक वनिरहनु भयो ?" भनि खबर गौरीगँजले वडाध्यक्षलाई फोन मार्फत सोध्दा उनले झगडा भई रहेको ठाउवाट १० मिटर हटेरै वस्नु राम्रो हो भन्ने गैर जिम्मेवारपुर्ण जवाफ दिएका छन् । ईलाका प्रहरी कार्यालयमा आज पक्ष र विपक्षलाई झिकाई घाईतेको उपचार गराई दिने सर्तमा मिलापत्र गराईएको छ ।



