ईन्फिनिटि रिक्रुटमेन्ट बाट कतार आई बिचल्लीमा परेका नेपालीहरु छिटै नेपाल फर्कने
गौरीगन्ज सम्बाददाता, कतार | भर्खरै प्राप्त समाचार अनुसार, कतार को अल-बावाकिर ग्रुप अन्तर्गतको Al Bawakir Unicon तथा IDDC कम्पनीमा कार्यरत कामदारहरुले सम्झौता बमोजिम दुई महिना को तलब प्राप्त गरेको तथा एक हप्ता भित्र घर-फिर्ती हुन चाहने सबैलाई नेपाल फर्काउने व्यवस्था मिलाउन कंपनि व्यवस्थापनले पहल गरिरहेको छ।
ढिलै भएपनि बिचल्लीमा परेका कामदारहरुको समस्या समाधानको लागी Al Bawakir Unicon तथा IDDC कम्पनी का व्यवस्थापन, ईन्फिनिटि रिक्रुटमेन्ट प्रा. लि., सिनामंगल, काठमान्डौं तथा झापा, शिवगञ्ज घर भै ईन्फिनिटि रिक्रुटमेन्ट प्रा. लि. मा आवद्ध चन्द्र न्यौपाने लगायत कतार प्रहरी र नेपाल सरकारको सम्बन्धित निकायहरु प्रति गौरीगंज-खबर आभार व्यक्त गर्दै भविष्यमा यस्ता समस्याहरु आउन नदिन सम्बन्धित निकायहरुले आ-आफ्नो ठाउबाट पहल गर्नहुन हार्दीक अनुरोध गर्दछ।



