ईन्फिनिटि रिक्रुटमेन्ट बाट आएका नेपालीहरुको कतारमा बिचल्ली

गौरीगन्ज सम्बाददाता, कतार | कतारको अल-बावाकिर ग्रुप अन्तर्गतको Al Bawakir Unicon तथा IDDC कम्पनीमा ईन्फिनिटि रिक्रुटमेन्ट प्रा. लि., सिनामंगल, काठमान्डौं मार्फत करिब ७ महिना अघि कतार आएका लगभग ३० जना नेपाली कामदारहरु बिचल्लीमा परेको समाचार खबर-गौरीगंज ले प्राप्त गरेको छ। उक्त कम्पनिले ७ महिना अघि कतार आएका ती कामदारहरुको ३ महिना देखिको तलब नदिएको साथै कतारको आवसिय अनुमति पत्र तथा परिचय पत्र नबनाई अवैधानिक कामदारको हैसियतमा काम गर्न बाध्य पारिएको हो। आईडी नबनाई अवैधानिक कामदार जस्तै भएको हुँदा प्रहरीले समातेर चौकीमा लगे पनि कम्पनि व्यवस्थापन ले उनिहरुलाई प्रहरी चौकीबाट छुटाउने कुनै पहल गर्ने नगरेको बुझिएको छ।

झापा, शिवगञ्ज घर भै ईन्फिनिटि रिक्रुटमेन्ट प्रा. लि. मा आवद्ध चन्द्र न्यौपाने मार्फत उक्त कम्पनिमा आएका केहि कामदारहरुले आफुहरुलाई जसरि पनि नेपाल फिर्ता गरिपाउँ भनि पटक-पटक सम्पर्क गर्दा पनि कुनै सुनुवाई नभएको जानकारी गराउनु भयो। साथै यस सम्बन्धमा कतारमा रहेको नेपाली दुतावासमा सम्पर्क गर्दा तपाईहरु दुतावासमै आउनुस् भनि सुझाव पाएता पनि आफुहरुको क्याम्प सहानिया मा रहेकोले त्याहाँ सम्म जान खर्च नभएको कारण दुतावास बाट कुनै पहल हुन नसकेको गुनासो प्राप्त भएको छ।

कामदारहरुले दुई दिन हड्ताल गरि काममा जान नमानेपछि स्थानिय प्रहरी-प्रशासन को रहोवरमा कम्पनि व्यवस्थापनबाट दुई महिनाको तलब सक्दो छिटो उपलब्ध गराउने सम्झौता भएपनि सो को कार्यान्वयन हुने हो कि होईन भनि कामदारहरु सशंकित छन्।

कतार सरकारको नियमानुसार, कतार भित्रिएको नब्बे दिन भित्र आवसिय अनुमति पत्र तथा परिचय पत्र नबनाएको अवस्थामा शुरु देखिकै दिन देखी गणना हुने गरी दिनको कतारी रियल दश (१०/-) फाईन तिर्नु पर्ने हुन्छ। यस्तो अवस्थामा ती कामदारहरुको कम्तिमा पनि प्रति व्यक्ती कतारी रियल दुई हजार एक सय (२,१००/-) जरिवाना तिर्नु पर्ने देखिन्छ। यसर्थ नेपाल सरकार को संवन्धित निकायले आवश्यक पहल गरी बिचल्लीमा परेका ती कामदारहरुलाई यथासिघ्र उद्दार गरी नेपाल फर्काउने पहल गर्ने तथा संवन्धित म्यानपावर कंपनिलाई आवश्यक कार्वाहि गरी भविष्यमा कामदार ठगिन बाट बचाउने व्यवस्था मिलाउन अत्यन्तै जरुरी छ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |