मतदाता नामावलीमा छुटेकाहरु जिल्लै पुग्नु पर्ने

मदन राजवँशी मनप्रीत, २९ असार झापा । आगामि प्रदेशसभा र साँसदीय निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने भएको छ । यहि साउन १ देखि १५ गतेसम्म नामावलीमा नाम छुटेका तथा प्राविधिक त्रुटी भएकाहरुलाई सच्याउन आयोगले आह्वान गरेको छ । तर यसकालागि मतदाताले नागरिकताको प्रमाण पत्र सहित सँवन्धित जिल्ला निर्वाचन कार्यालय नै पुग्नु पर्ने वाध्यकारी नियम समेत लागु गरेको छ । आयोगले गत स्थानिय तहको निर्वाचनलाई लक्षित गरि प्रत्येक स्थानिय तहमा निर्वाचन आयोगको कार्यालय स्थापना गरेको थियो । सोहि चुनावका लागि गाउ गाउमा ईलाका प्रसासन कार्यालय मार्फत मतदाता नामावली सँकलन समेत गरेको थियो ।

"यस पटक पनि शुरुमा ईलाका लाई नै सँकलनको अधिकार दिने भनिएको थियो तर अन्तिम घडिमा निर्वाचन आयोगले नाम टिपाउन मतदाता आफै सँवन्धित जिल्ला निर्वाचन कार्यालय पुग्नुपर्ने भनि विज्ञापन आह्वान गरेको छ"- गौरीगँजका ईलाका प्रसासन अधिकृत यज्ञप्रसाद आचार्यले भने ।

गौरीगँजका राजनैतिक अगुवा हृदय ठाकुर भन्छन् - "निर्वाचन आयोगले नाम छुटेकाहरु नाम टिपाउन जिल्लानै पुग्नु पर्ने नियम लादेर दुर दराजका मतदाताहरु माथि अन्याय गरेको छ । यो सँचारको युगमा आयोगले गाउगाउ टोलि खटाएर नामावली सँकलन गर्नु पर्ने वेला जिल्ला केन्द्रित नियम वनाएर आयोगले जनतालाई दुख दिन खोजेको हो ।

नाम टिपाउन जिल्ला नै पुग्नु पर्ने भएपछी नाम छुटेका मतदाताहरुमा निराशा छाएको छ । भने कतिपय नाम छुटेकाहरु जिल्ला नजाने भएका छन् ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |