गौरादहका वडा सचिवले घुस मागेपछि

डिल्लीराम भण्डारी, झापा | आज म झापाको गौरादह नगरपालिका वाडा नं. ६ को वडा कार्यालय पुगेको थिए । करिव विहान १० वजेर १० मिनेट जादा मेरो नाता पर्ने दाईको व्यक्तिगत जग्गाको राजस्व चुक्ता गर्न कार्यालय पुग्दा कार्यालयमा वाडा सचिव आएका थिएनन् । हामीले वाडा सचिवको वारेमा अन्य उपस्थित भएका कर्मचारीलाई सोध्दा आउदैहुनुहुन्छ भन्ने जवाफ पायौ । त्यतिन्जेल सम्ममा २ ÷ ३ जना सेवाग्राही आईसकेका थिए । हामी पनि कार्यालय वाहिर रहेको चिया पसलमा सचिवलाई कुरेर वस्यौ । करिव ३५ मिनेटको प्रतिक्षा पछि करिव ११ वजेर ४५ मिनेटमा एकजना व्यक्ति मोटर साईकल चढेर आए । तिनै व्यक्ति रहेछन वाडा सचिब खेम संग्रौला । उनी आफ्नो मोटरसाईकलबाट उत्रेर सरासर कार्यालय तिर लागे । हामी पनि उनको पछि पछि लाग्यौ उनकै कार्यकक्ष तर्फ । कार्य कक्षमा प्रवेश गरे पछि सचिव आफ्नो कुर्सीमा वसे र आफ्नो दैनिक उपस्थिति हाजिरी खातामा जनाए । हामी उनको छेउमा रहेको वस्ने ठाउमा वस्यौ । दाईले ( लेखनाथ गौतम मैवाखोला गाउपालिका १ ताप्लेजुङ्ग साविकको ढुङ्गेसाँघु गा. वि. स. वाडा नं. ४ ) आफ्नो कामको वारेमा सचिव संग्रौलालाई वताउनु भयो । दाई संग २०५८ सालमा कर चुक्ता गरेको रसिद रहेछ । दाई गौतमका अनुशार आफ्नो सो वाडामा रहेको १८ कठ्ठा १४ धुर जग्गाको पछिल्लो पटक २०६१ मा कर तिरेको र कर तिरेको रसिद हराएको थियो । २०५८ सालको रसिद चाहि जग्गाको किता नं. हेर्न सजिलो होस भन्नका लागी वोकेको बोक्नु भएको रहेछ । दाईले सचिवलाई आफ्नो यथार्थ वताए पछि सचिव संग्रौलाले कर चुक्ताको ठेली पल्टाए र नाम चेक जाँच गरे । दाईले मैलै जम्मा कति कर तिर्नु पर्ने भएछ ? भने पछि संग्रौलाले तिन हजार भन्दा माथी हुने वताए । फेरी उनैले हालको जग्गा कर सम्वन्धी सरकारी नियम पनि सुनाए । उनका अनुशार प्रति विधाको वार्षिक २०० र विलम्ब शुल्क पहिलो वर्ष थप १० प्रतिशत दोस्रो वर्षदेखि थप ५÷५ प्रतिशतका दरले लाग्ने रहेछ । दाईले मेरो रसिद काटिदिनु न भनेर पुन आग्रह गर्दा संग्रौला तपाईलाई पनि सहुलियत हुने गरी म काम गर्दिन्छु भन्दै दाईलाई समेत लिएर कार्यलयबाट वाहिरिए । ‘ तपाईले तपाईको जग्गाको कर नतिरेको धेरै भएछ, म मिलाएर विल काटिदिन्छु , तपाईले रु १५०० मलाई दिनु तर विल चाही रु ५०० को काटिदिन्छु ’ भने पछि दाईले त्यसको प्रतिवाद गर्नु भयो । र त्यहाँवाट निस्कनु भयो दाई वाहिर निस्के पछि मैले काम भयो दाई भने, दाईले आफु संग १ हजार घुस मागेको कारण कर नतिरि आएको वताउनुभयो ।

बास्तवमा राज्यले तोकेको नियमाअनुशारको कर लिने दायित्व वडा सचिवको हो । उनले धेरै भएको वहानामा करदातालाई कर छुट दिने अधिकार त छैन होला । यदि गौतमको जग्गाको कर जतिसुकै भएपनि हर्जना सहित लिनु पर्ने होईन र । राज्यको सेवा प्रदायक वाट यसो हुनु भनेको राज्यको कर छली हुनु होईन र ? त्यहाँ सम्म कस्को आँखा पुग्छ । सानो होस या ठुलो अपराध त अपराध नै हो नि ।

साभार: पूर्व नेपाल

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |