ट्राफिकलाई फ्याक्न लागेको तस्बिर सामाजिक सन्जालमा रातारात भाईरल

एक व्यक्तिले ट्राफिक प्रहरीलाई काँध बोकेर सडक छेउको नालीमा फ्याक्ने प्रयास गरेको तस्बिर अहिले फेसबुकमा एकाएक भाइरल भएको छ।यी मोटरसाइकल चालक बिरगन्ज १८ निवासी कृष्णकुमार दुवे हुन्।

तस्बिरमा हामि देख्न सक्छौं एक भुईमा एक हेल्मेट र अर्को ट्राफिकको टोपी लडेको अवस्थामा रहेको छ। ति प्रहरीलाई बोक्ने व्यक्ति निकै रिसाएको जस्तो पनि देखिन्छन र अर्का एकजना प्रहरीले चाहिं विवाद मिलाउन लागेको जस्तो पनि देखिन्छ ।

यो तस्बिर विरगन्जको जिल्ला प्रहरी कार्यालय अगाडीको सडकमा हिजो (बुधबार) विहान कैद गरिएको रहेछ। खासमा यहाँ यी ट्राफिक प्रहरीले सवारी साधनको कागजात चेकजाँच गर्ने क्रममा बा १६ प ३१६१ नम्बरको मोटरसाइकल चालक (प्रहरीलाई बोक्ने मानिस) लाई अमर्यादित ब्यवहार गरेका रहेछन। र चालक उक्त व्यवहारले गर्दा रिसाएर यी मानिसले ट्राफिकलाई उचालेर नालीमा फ्याक्ने प्रयास गरेका रहेछन बास्तवमा के हुँदैछ यहाँ, काण्ड यस्तो पो रहेछ । यी मोटरसाइकल चालक बिरगन्ज १८ निवासी कृष्णकुमार दुवे हुन्। ट्राफिक प्रहरीले मुख छाडेकोले आक्रोशित भएर ट्राफिकलाई नलामा फ्याँक्ने प्रयास गरेको भन्ने कुरा खुल्न आएको छ । - बिगुल न्युजबाट साभार

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |