आउ ! यो धर्तीलाई एक पटक अँकमाल गरौँ ।(कबिता)
उ माथि हेर सगरमाथा
तिमिलाइ हेरिरहेछ
पखेटा फिजाएका पन्छीहरु
चिरबिर चिरबिर गर्दै गीत गुनगुनाइरहेछ
हेर खोलाहरु मिठो धुन भरिरहेछ
सवेरैदेखि कुखुरा बासिरहेछ
हेर घाम त आगनमै आइसकेछ
उठ उठ ए उठ न
हेर बर्सौदेखि तिम्रो पर्खाइमा रहेका
यी हसिया कुटोहरु खियाले खाइसके छ
कठपुतलीके रमिताले
लोकतन्त्र खुम्चिरहेछ
गणतन्त्र ओइलाएर झर्नै लागेको छ
तिम्रै पर्खाइमा सदियौदेखि स्थिर छन प्रकृतिका बसन्तहरु
श्राप लग्ला तिमिलाइ ती बुढा बसन्तहरुका
हेर यी तराईका फाँटहरु
हेर यी कुरुप पाहाडहरु
हेर यी रङ उडिसकेका सेता हिमालहरु
सदियौदेखि तिमिले श्रृगार्लाउ भनी
एक अर्कोलाई ऐना बनाएर
आफ्ना मुहार हेरिरहेछन्
धिक्कर्ला तिमिलाइ ती चौरिएका मनहरुले
आब ढिलो नगर
आउ
हावाको एक झोक्का बनेर आउ
आनि सुस्तरी सुम्सुम्याउ यो धरती
घामको किरण बनेर आउ
र सेक काठ्याङ्री रहेका मनहरु
दीयोको एक प्याला बनेर आउ
र छर उज्याला किरणहरु
तिमी आउ
रोगिहरुको औषधी बनेर आउ
किताबको एउटा अक्षर बनेर आउ
भोकाहरुको गाँस
नाङ्गोहरुको कपास बनेर आउ
तिमि बर्तमानको खास बनेर आउ
तिमिलाइ
यी हावाको झोक्कहरुको साथ छ
तिमिलाइ
घमका न्याना किरणहरुको साथ छ
जुनको उज्यालोको साथ छ
तिमिलाइ दीयोमा तपतप खस्ने
तेल हरुको साथ छ
सबेैभन्दा बढी
तिमिलाइ मेरो साथ छ
आउ तिमी र म मिलेर
यो धरतिलाइ वरिपरि बाट कसेर
यो शरिरको न्यानो तापले सेकेर
साहाराको अँकमाल गरौँ
आउ यो धर्तिलाइ एक पटक
अँकमाल गरौँ
- लक्ष्मी थापा



