गौरीगँज गापाको वन्यो गाउ कार्यपालिका

३० असार झापा । गौरीगँज गाउपालिकामा आज गाउ कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । कार्यपालिका का लागि नेपाली काँग्रेस र माओवादी केन्द्रको उम्मेदवारी परे पछी खुला मतदान नै गर्नु परेको थियो । वेलुका ५ पछी सार्वजनिक गरिएको मत परिणाम अनुसार कार्यपालिकाका लागि नेपाली काँग्रेसकै पुरै प्यानल विजयी भएका छन् । जस अनुसार गाउसभा का निर्वाचित चार महिला सदस्य तर्फ राधा देवी अधिकारी, लीला गन्गाई, रिता तामाँग, र सरिता शेर्पा तथा अल्प सँख्यक का तर्फवाट भिम प्रसाद राजवँशी र जेठा मुर्मु विजयी भएका छन् ।

जम्मा ३२ जना मतदाता मध्ये ३० जनाले मात्र मतदान गरेको मा माओवादीका उम्मेदवार हरुले ६ - ६ मत मात्र पाएका थिए । काँग्रेस तर्फका उम्मेदवार ले २४- २४ मत पाएकोमा सरिता शेर्पाको हकमा एक मत वदर भएकाले उनि २३ मत मात्र पाएको कुरा सहायक निर्वाचन अधिकृत यज्ञ प्रसाद आचार्यले वताए ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |