झापामा अघिल्लो वर्ष भन्दा, यस बर्षमा अपराधका घटनाहरु बढी

झापा, ५ साउन । बितेको अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक बर्ष झापामा सार्वजानिक अपराधका घटनाहरु बढेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको समाचार हिमशिखरमा प्रकाशित गरेको छ ।

बितेको अघिल्लो आर्थिक वर्ष २०७२÷७३ मा ३ सय ७६ वटा सार्वजानिक अपराधका मुद्दा दर्ताभएकोमा बितेको आर्थिबर्ष ०७३-७४ मा ५ सय ६७ वटा सार्वजनिक मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता हरि शर्माले जानकारी दिनुभयोे । झापामा गतआर्थिकमा १६ बटा कर्तव्य ज्यानमुद्दा दर्ता भएका थिए भने २ सय ३० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै झापामा बितेको अघिल्लो आर्थिकमा २ सय ४० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलयको तथ्याक्कले देखाएको छ ।

यसरीनै झापा जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा बितेको आर्थिकवर्षमा मानब बेचविखन घटनामा कमिआएको पाइएको छ । आर्थिक बर्ष २०७२-७३ मा मानब बेचविखन सम्बन्धिका २२ वटा मुद्दा दर्ताभएकोमा ०७३-७४ मा १० वटा मुद्दाहरुमात्र दर्ताभएको पाइएको छ । अघिल्ला वर्षहरुको तुलनामा गतवर्ष जवरजस्ति करणी र बहुविवाह जस्ता घटनाहरुमा पनि कमिआएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापामा वितेकोअघिल्लो आर्थिक वर्षमा १ हजार ६ सय ३० वटा मुद्दाहरु दर्ताभएका थिए भने गतवर्ष घटेर १ हजार १ सय ९ वटा मुद्दाहरु दर्ताभएको जिल्ला प्रहरी कार्यालय झापाको तथ्याकंमा उल्लेख छ ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |