युवतीले प्रेम गर्दा निर्घात कुटपिट, गाउले रमिते (भिडियोसहित)

भैरहवा । युवतीले तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै परिवारका सदस्यले घेरा हालेर युवतीमाथि निर्घात कुटपिट गर्दा पनि स्थानीय रमिते बनेर बसेका छन् र स्थानीय जनप्रतिनिधि र गाउँलेहरुले मिलेर युवकलाई प्रेमिकाको परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् ।

यो घटना रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ डिहुली गाउँको असार १९ गते हो । भिडियो फेसबुक मार्फत सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो ।

मीना यादव र दिनेश लोध एकअर्कालाई प्रेम गर्थे तर, मीनाको बाल्यकालमा नै अर्को युवकसँग बिहे भइसकेको र गौना हुन बाँकी थियो भने प्रेमी युवक पनि विवाहित भएको बताइएको छ । यी दुईको प्रेम सम्वन्ध रहेको थाहा भएपछि परिवारले भेट्न आएको समयमा दिनेशलाई नियन्त्रणमा लिएर । उनलाई कुटपिट गर्न थालेपछि युवती बचाउन जादा परिवारका सदस्यहरु मिलेर उनलाई पनि निर्घात कुटपिट गरियो ।

भिडियो हेर्नुहोस ।

Next previous

तपाईंको प्रतिकृया दिनुहोस |