नेपाल आइडलको यात्राबाट बिदा लिदै सन्ध्या जोशी (भिडियो सहित)
गौरीगन्ज | अन्तर्राष्ट्रिय आइडल श्रृङ्खलाको गायन प्रतियोगीताको सबैभन्दा ठूलो रियालिटी शो नेपाल संस्करण ‘नेपाल आइडल’ बाट शुक्रबार भएको अन्तिम ९ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट कम भोट पाएको आधारमा सन्ध्या जोशी बाहिरिएकी छिन् ।
धनगढीकी २३ वर्षिया जोशीसँगै प्रताप दास र सुजाता पाण्डे बटम थ्रीमा परेका थिए भने उनीहरु मध्ये सबैभन्दा कम भोट पाएको आधारमा सन्ध्या बाहिरिएकी हुन् ।
आजको प्रतियोगिताबाट प्रताप र सुजातासँगै बुद्ध लामा, उल्सन श्रेष्ठ, सागर आले, सुरज थापा, निशान भट्टराई र प्रमिला राई शीर्ष ८ मा पुगेका छन् । यस प्रतियोगीताको निर्णयकहरुमा संगीतकार न्ह्रयू बज्रचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुने गर्दछ ।
भिडियो हेर्नुहोस ।



