कसले बदल्ला यो दुनियाँ ?
-गौरभ राई
म मात्र हुँ, सबै मेरै हुन्, सोचेर बस्छ यो दुनियाँ
अरु पनि छन्, दिऊँ तिन्लाई भनि, सम्झिने को छ यहाँ?
क्षणभंगुर छ जिन्दगी सबको, अजम्बरी छ यो कहाँ?
व्यर्थै हुन् घमण्ड, लोभ-लालच, बुझीदिने को छ यहाँ?
भरि पुरी आफ्नै भकारी, दुनियाँलाई मारि-मारी
पाप कर्मले भरिपूर्ण हुँदा हुन्, आश गर्छन् पुण्य कसरी?
हत्या पहिले अनि शोक मनाउँछन्, खुशीले गद-गद भै यहाँ
देखी जगका माहौल यी सबै, व्याकुल छु त्यसै म कहाँ?
हठ छोडि आउ, म मेरो मलाई, त्यागेर आउ हे दुनियाँ
आजै बाट शुरु तिम्ले नगरे, कसले बदल्ला यो दुनियाँ?



