रहेनन् चन्द्र मोहन सचिब
१५ ।साउन झापा । साविकको खजुरगाछी गाविस र आसपासका गाविसहरुमा लामो समय सम्म सचिव भई सेवा प्रदान गरेका चन्द्र मोहन सिँह गन्गाईको हिजो नोवेल अस्पताल विराटनगरमा निधन भएको छ । उनि लामो समय देखि प्रेसर र मधुमेह रोगबाट पिडित थिए ।
२०५० साल तिर खजुरगाछी गाविस वाटै सेवा शुरु गरेका यिनी पछिल्लो समय फेरी खजुरगाछी गाविस वाटै सेवावाट अवकास पाएका थिए । यस वीच यिनि गौरीगँज , कोरोवारी र कोहवरी गाविसहरुमा पनि सचिवका रुपमा काम गरेका थिए । मृतक गन्गाईका दुई छोरा एक छोरी र श्रीमती छन् । आफ्ना सेवामुखि सरल स्वभावका कारण यिनी यस क्षेत्रमा लोकप्रीय थिए ।



